SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

देवानगञ्ज–कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाबारे तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न माग गरिएको हो।