SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

भैरहवा र बुटवलमा आयल निगमले वितरण गर्न थाल्यो ग्यास

भैरहवा : एलपी ग्यास उद्योगहरूबाट बजारमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति हुँदा समेत अभाव देखिएपछि नेपाल आयल निगमको समन्वयमा रुपन्देहीमा ग्यासको खुद्रा विक्री वितरण थालिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरूको बैठकले आयल निगमको समन्वयमा भैरहवा र बुटवलमा वितरण गर्ने निर्णय गरेको थियो ।