SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

पाकिस्तानमा विद्यालयको छाना भत्किँदा एक शिक्षक र ३३ जना विद्यार्थीको मृत्यु

काठमाडौं  : पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ।प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ बजे उक्त घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।