दशैंका लागि काठमाडौँमा खसीबोकाको कारोबार बढ्यो
काठमाडौं : दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खसीबोकाको खरिद बिक्री बढेको छ। काठमाडौँको कलंकीस्थित खसीबजार र भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसीबोकाको कारोबार बढेको हो। उपत्यकामा आसपासका जिल्लाका साथै बझाङ लगायत दूरदराजका क्षेत्रबाट समेत खसीबोका र च्याङ्ग्रा भित्र्याइएको छ।यस वर्ष उपत्यकामा जिउँदो खसीबोकाको मूल्यमा केही वृद्धि भएको छ भने च्याङ्ग्राको मूल्यमा भने खासै भिन्नता देखिएको छैन। व्यापारीहरूका अनुसार जिउँदो खसीबोका प्रतिकिलो ९०० देखि ९५० सम्ममा बिक्री भइरहेको छ।
