सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं : धरान उपमहानगरपालिका–०८, भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा धनकुटा नगरपालिका–०९, बेलहराका ३६ वर्षीय दिपेन्द्र राज राई रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। बिहीबार दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको राईले चलाएको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो। दुुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
