ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
काठमाडौं : नेपालमा ओमोडा जेइकू गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यलाई निरन्तरता दिएको छ। २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै “ड्रिभन बाइ” पार्टनरका रूपमा आबद्ध हुँदै आएको ओमोडा जेइकू यस वर्ष प्रतियोगिताको “पावर्ड बाइ” प्रायोजकका रूपमा जोडिएको छ।
