SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

२६४ किलोभन्दा बढी गाँजा बरामद

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरबाट प्रहरीले तयारी अवस्थाको २६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गाँजा लुकाएर राखिएको सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।