कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु
काठमाडौं : कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७, बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय सफलकुमार श्रेष्ठ र बाटो काट्दै गरेका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
