अनुसन्धान विभागका पूर्व कर्मचारीहरूले प्रधानमन्त्री राहत कोषमा जम्मा गरे राहत
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका पूर्व कर्मचारीहरूले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोग तथा पुनर्स्थापनाका लागि चार लाख २८ हजार पाँच सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघ परिवारले संकलन गरेको उक्त रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो।
