म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल
काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ। अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अझ रोचक कुरा त के छ भने, सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ। यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ।
