SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकद्वारा सिटीटेकसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआईसम्बन्धी सम्झौता

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ। यस सहकार्यसँगै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ।यस सम्झौतापश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड,क्रेडिट कार्ड होल्डरहरुले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट सामान खरिद गर्दा सहजै इन्स्ट्यान्ट पर्चेज क्रेडिट लुप क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन्।