SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

आइसीसीको एसिया सम्मेलन नेपालमा हुने, सहभागी प्रतिनिधिहरुले एनपीएलको फाइनल हेर्ने

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ। आइसीसी र नेपाल क्रिकेट संघ (क्यान)को संयुक्त आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ (२०८३ मंसिर ३ देखि ५) सम्म सम्मेलन आयोजना हुन लागेको हो।सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने क्यानले जनाएको छ।