SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

पाँच महिनामा सरकारले गर्यो ६११ जनाको नियुक्ति

काठमाडौं : सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति गरिएको जनाएको छ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नियमित ‘मिडिया बिफ्रिङ’मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न मन्त्रालय र अन्तर्गतका सार्वजनिक निकायका विभिन्न पदाधिकारीको नियुक्ति खारेज भएपश्चात ८० वटा निकायमा ४१९ नियुक्ति तथा पदपूर्ति भएको बताए।