बाढी पीडित पदक विजेता रेजिनलाई एनटीएको सहयोग
काठमाडौं : नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले भोटेकोशी बाढीका पीडित तेक्वान्दोमा १३ औं सागका पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ।राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले रेजिनलाई २ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरे।
