CHANGAN Care 24×7: दशैं तथा तिहारका लागि देशव्यापी सडक सहायता सेवा
काठमाडौं : नेपाल – नेपालमा CHANGAN ब्रान्डको आधिकारिक प्रतिनिधि MAW Vriddhi Auto Corp Pvt. Ltd. ले देशभरका ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा र सहयोग प्रदान गर्ने प्रतिबद्धताअनुरूप CHANGAN Care 24×7 सडक सहायता सेवा सुरु गरेको छ।नेपालको प्रमुख चाडपर्व दशैं, तिहार तथा छठ नजिकिँदै गर्दा परिवार तथा आफन्तसँग भेटघाट गर्न र चाडपर्व मनाउन धेरै मानिसहरू यात्रामा निस्कने गर्छन्। यसैलाई मध्यनजर गर्दै CHANGAN Care 24×7 ले ग्राहकको यात्रालाई थप सहज, सुरक्षित र ढुक्क बनाउने लक्ष्य राखेको छ।
