सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा मिसबाह उल हक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिनेछन्।पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । उनले पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
