SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

धादिङमा हाइस र डिब्बा ट्रक ठोक्किँदा चालकसहित ४ जना घाइते

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित पृथ्वी राजमार्गमा हाइस र डिब्बा ट्रक एकआपसमा ठोक्किँदा चालकसहित चार जना घाइते भएका छन्।शुक्रबार दिउँसो करिब १ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख ४२४७ नम्बरको यात्रुवाहक हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १६५६ नम्बरको डिब्बा ट्रक ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।