साइकल यात्रीलाई जोगाउँदा एम्बुलेन्स पल्टियो
गुलरिया : बर्दियामा साइकल यात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स दुर्घटना भएको छ। बाँकेको कोहलपुरबाट गेरुवातर्फ जाँदै गरेको सु.प्र.०१-००१ च ३५७७ नम्बरको एम्बुलेन्स बर्दियाको मधुवन नगरपालिका-६ स्थित हुलाकी सडक खण्डमा अनियन्त्रित भई पल्टिएको हो।विपरित दिशाबाट आउँदै गरेका साइकललाई बचाउने क्रममा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक टंकबहादुर देउवाले जानकारी दिए। दुर्घटनामा २ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य छ।
