SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

भारतमा सीजेपीको प्रदर्शन : अभिजित दिपके र नेहा बोरासहित १५० जना पक्राउ

काठमाडौं : कक्रोज जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दिपके र नेहा बोरासहित १५० जना पक्राउ परेका छन्। हिन्दुस्थान टाइम्सका अनुसार, सिजेपी प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले उनीहरुलाई दिल्लीको कनट प्लेस, जनपथ रोड र मन्डी हाउस क्षेत्रबाट पक्राउ गरेको हो। दिपकेलाई उनको संगठनको ‘लहरा दो तिरंगा’ मार्चका लागि कनट प्लेस जाँदै गर्दा पक्राउ गरिएको थियो भने, नेहा बोरालाई मार्च सुरु गरेको केही समयपछि मन्डी हाउस नजिकैबाट नियन्त्रणमा लिइएको हो।