SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले क्षति पुर्याएका १८ झोलुङ्गे पुल पुनःसञ्चालनमा

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत शाहले पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोर अन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी पुन सञ्चालनमा ल्याएको बताएका हुन्। शाहका अनुसार बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटा पुलको क्षति सामान्य थियो।