SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त

काठमाडौं : भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो।भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरिएको हो। राजदूत श्रीवास्तव आफ्नो कार्यकाल सकाएर फर्किसकेका छन्।भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्रालयका सचिवसमेत रहेका दलेलालाई नेपालका लागि राजदूतमा नियुक्त गरेको उल्लेख गरेको छ।