SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया, रमेश टायल्सको बजार विस्तार

वीरगंज : नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्स संचालनमा ल्याएको छ। यस नयाँ शोरूममार्फत वीरगंज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध सङ्ग्रह सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।नयाँ शोरूमको औपचारिक उद्घाटन बिहीबार सम्पन्न भएको हो।