SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकाेपन्ध्रौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएकाे छ। बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको हुनेछ।