SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

धरौटीका नाममा आर्थिक ठगी गरेको छैन : अधिवक्ता शाही

काठमाडौं : अधिवक्ता अनिलबहादुर शाहीले अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारप्रति ध्यनाकर्षण भएको जनाएका छन्। गत साउन ९ गते प्रकाशित ‘कालोकोट लगाएर ठगीको धन्दा चलाउँदै अधिवक्ता शाही’ शीर्षक समाचारप्रति उनले ध्यानाकर्षण भएको जनाएका हुन्।समाचारमा प्रकाशित विषयवस्तु तथ्यहीन भएको र आफूलाई गलत रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ। ‘धरौटीका नाममा रकम लिएर ठगी गरेको’ भन्ने आशय कानुनी तथा तथ्यगत रूपमा नमिल्ने उनले बताए।