SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग्दै विपक्षी दलको विरोध जारी

काठमाडौं : सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी दलले विरोधलाई जारी राखेका छन्। मंगलबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरूका सांसदहरूले सिटबाट उठ‍ेर विरोध जनाए।सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्याललले विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वारलाई बोल्नका लागि समय दिएका छन्।उनले प्रधानमन्त्री शाह सदनप्रति जवाफदेही नभएको आरोप लगाए।