SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

कृषि नीतिमा पर्यावरणीय कृषि

नेपालको कृषि आज केवल उत्पादन बढाउने चुनौतीसँग मात्र होइन, आफ्नो भविष्य कुन दिशामा लैजाने भन्ने ऐतिहासिक मोडमा उभिएको छ। जलवायु परिवर्तनका असर, माटोको उर्वराशक्तिको क्षयीकरण, दिनानुदिन बढिरहेको कृषि जैविक विविधताको ह्रास, रासायनिक मल तथा विषादीमा बढ्दो निर्भरता र खाद्यान्नलगायत कृषि उपजहरूको आयातको विस्तारले परम्परागत कृषि प्रणालीमाथि गम्भीर दबाब सिर्जना गरेका छन्।अर्कोतर्फ, सुरक्षित, पोषणयुक्त र दिगो खाद्य प्रणालीप्रतिको जनचासो निरन्तर बढिरहेको छ।