SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

न्याय प्रणालीमा संरचनागत सुधार

समाजको सभ्यता केवल कानुनको कठोरताले मात्र मापन हुँदैन; बरु न्याय प्रणालीले मानिसलाई कति निष्पक्ष, मानवीय र जिम्मेवार रूपमा व्यवहार गर्छ भन्ने कुराले मापन हुन्छ। कुनै पनि राज्यमा धेरै मानिस जेलमा हुनु न्याय प्रणाली सफल भएको प्रमाण होइन। बरु अपराध कम हुनु, निर्दोष नागरिक सुरक्षित हुनु, पीडितले समयमै न्याय पाउनु र अपराधमा संलग्न व्यक्तिले सुधारिएर पुन :  समाजमा सम्मानपूर्वक जीवन बिताउन सक्नु नै सफल न्याय प्रणालीको वास्तविक मापदण्ड हो।