SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

काँकडभिट्टामा तस्करीविरुद्ध  ‘बरामदीको होड’

झापा : पूर्वी सीमा नाका काँकडभिट्टाबाट भइरहेको तस्करी (भन्सार छली) नियन्त्रण गर्न पछिल्लो समय झापामा सुरक्षा निकायबीच नै प्रतिस्पर्धा देखिन थालेको छ।विशेषगरी असार २२ पछि मेचीनगरको काँकडभिट्टा लगायतका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले भन्सार छलीका सामान तथा ती सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने होडबाजी नै चलेको छ।