SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

काठमाडौं : पर्सा वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । सोमबार साँझ ६:३० बजे आदर्शनगरमा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।