SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कास्य

काठमाडौं : नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कास्य जितेका छन्। मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान प्याटर्नमा कास्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव घमबहादुर थापाले जनाएका छन्। शेखरसँगै मंगोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भए। मलेसियाका चिन लुङ काङले स्वर्ण तथा फिलिपिन्सका अमाइज क्रिस्टर लुले दोस्रो भए।