SHARE
अन्नपूर्ण · सोमबार २५ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

प्रतिबन्धित औषधि, लत्ताकपडासहित इभी कार र सिटी सफारी बरामद

झापा : दक्षिणी झापाको कचनकवलबाट प्रतिबन्धित भारतीय ब्रान्डका औषधिहरू बोकेको एउटा इभी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले आज बिहान १०:५५ बजेको समयमा कचनकवल गाउँपालिका–३ बगानमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको इभी कारलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।