SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

कपिलवस्तुमा हतियारसहित ३ जना पक्राउ

कपिलवस्तु : विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। जगदीशपुरबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।कृष्णनगर नगरपालिकाको बहादुरगन्जका स्थानीयवासीलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचना पाएपछि प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।