SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

पोखरामा प्रतिकूल मौसममा पनि सहजै उडान-अवतरणका लागि नयाँ प्रणाली अपनाइँदै

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकुल मौसम तथा कम दृश्यताका कारण हवाइ उडानमा हुने समस्या समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ प्रकृया कार्यान्वयनमा ल्याउने भएको छ। उडान सुरक्षा र प्रभावकारिता अभिवृद्धि गर्न प्राधिकरणले आरएनपी–एआर अर्थात् रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथराइजेसन रिक्वायर्ड प्रणाली कार्यान्वयन गर्ने प्रकृया अघि बढाएको हो।