SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

दसैं अर्थतन्त्र, चलायमान होला बजार ?

काठमाडौं : नेपालीको मुख्य चाड दसैं आउनु भनेको बजारमा नयाँ कपडाको चमक थपिनु, मिठाई पसलमा भीड लाग्नु, खसीबोकाको कारोबार बढ््नु र घर फर्किने यात्रुले सडक भरिनु हो । वर्षभरि थाती राखिएका रहर पूरा गर्ने, परिवारसँग रमाउने र आफन्तलाई उपहार दिने यही समयले बजारमा पैसाको प्रवाह बढाउँछ । तर, यस वर्ष दसैंको रौनकसँगै सर्वसाधारणको भान्छामा महँगीको दबाब, व्यवसायीका गोदाममा आपूर्ति अवरोध र अर्थतन्त्रमा सुस्तताको चिन्ता पनि देखिएको छ ।दसैंलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण मौसमी अवसर मानिन्छ ।