ट्रम्पले रद्द गरे मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य अड्डामा गोली चलाएर १३ सैनिकको हत्या गरेका पूर्व सैन्य मनोचिकित्सक निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरेका छन् । व्यापक आलोचना भएपछि ट्रम्पले मृत्युदण्ड हुने भए पनि त्यसको प्रत्यक्ष प्रसारण नगरिने बताएका हुन् ।ट्रम्पले यसअघि हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनालाई समर्थन गरेका थिए ।
