SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

वार्नरदेखि शाकिबसम्म, यस्तो बन्दैछ एनपीएलको तेस्रो संस्करण

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति नजिकिँदै छ। बडादसैं लगत्तै एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ। पहिलो सिजनमा जनकपुर बोल्ट्सले उपाधि जित्यो। एनपीएलको दोस्रो सिजन लुम्बिनी लायन्सको ऐतिहासिक पुनरागमनसहितको कथा रह्यो। तेस्रो संस्करणमा उपाधि जितेका टोलीहरूसँगै अघिल्ला सिजनमा भएका केही कमजोरीहरूलाई सुधार्दै टिमहरू मैदानमा उत्रर्नेछन्।यसपटक एनपीएलको चर्चा उपाधि दाबेदार टोलीमा मात्र सीमित छैन।