SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

कांग्रेस युवातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भइन् डा. योशिका

काठमाडौं : क्यान्सरका बिरामीको उपचारमा सक्रिय शल्य चिकित्सक डा. योशिका भट्टराई अब स्वास्थ्य क्षेत्रको सुधार र सामाजिक सेवाका मुद्दा राजनीतिमार्फत उठाउने यात्रामा अघि बढेकी छन्। चिकित्सा पेशासँगै राजनीतिमा प्रवेश गरेकी उनी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा युवा महिला वर्गबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्।कोशी प्रदेशबाट युवा महिला वर्गमा उम्मेदवारी दिएकी डा. योशिकाले दुई हजार बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन्। सो वर्गबाट आठ जनाले उम्मेदवारी दिएका थिए।