छनोट भएको नेपालले खेल्न नपाउँदा जोर्डनले एसियन गेम्स खेल्ने
काठमाडौं : २० औं एसियन गेम्स खेल्न छनोट चरण पार गरेको नेपालले खेल्न नपाउँदा नेपालको स्थानमा जोर्डनले पब्जी मोबाइलमा सहभागिता जनाउने भएको छ । भियतनाममा भएको एसियन गेम्सको छनोट चरण पार गरेको नेपालले राजनीतिक खिचातानीका कारण नाम दर्ता नै नभएको हो ।एउटै खेलको २ संघ हुँदा छनोट चरण पार गरेको खेलको नाम एसियन गेम्स खेल्ने नेपालको टोलीमा दर्ता नै भएन । जसको फलस्वरुप नेपालका ५ खेलाडी सम्मिलित पब्जी मोबाइलको टोलीले एसियन गेम्स खेल्न नपाउने भएको छ ।
