SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

दुप्चेश्वर धाममा एकै दिन हजारौं भक्तजन, लाखौं भेटी संकलन

नुवाकोट : पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तर पूर्वी भेगमा रहेको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढेका छन् । देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउन महिनाका साथै शनिबार, आइतबार तथा अन्य विदाको दिन भक्तजनहरुको विशेष भीड लाग्ने गरेको छ ।