SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

कोरियामा सहकर्मीको उद्धारका लागि ट्यांकीभित्र पसेका नेपालीको मृत्यु

दक्षिण कोरिया : दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।