SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

क्यान्सर फैलिएपछि जो बाइडेनको बढ्यो पीडा, के भन्छन् छोरा हन्टर ?

अमेरिका : अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको र उनी निकै पीडामा रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् । हन्टर बाइडेनले बीबीसीको ‘न्युज नाइट’ कार्यक्रममा दिएको अन्तर्वार्तामा भने, ‘क्यान्सर उहाँको हड्डी र त्यसभन्दा बाहिरसम्म फैलिएको छ । यो निकै पीडादायी छ र धेरै हिसाबले कमजोर बनाउने अवस्था हो ।