SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

डडेल्धुराको रंगुन नदीले उजाडेको बस्ती

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–६ सीमलखेतका गोरे थापा अहिले घरबारविहीन भएका छन् । स्थानीय रंगुन नदीले उनको १५ रोपनी जग्गा बगर बनाई दिएपछि उनी घरबारविहीन भएका हुन । उनी अहिले सोही वडाको बैजनाथ सामुदायिक वन छेउको सडक किनारमा अस्थायी बसोबास बनाएर बसेका छन् ।गोरे थापाका बुवा कालुसिह थापा ४ छोरा ल्याएर २०३६ सालमा सिमलखेत झरेका हुन ।