SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कांग्रेसले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा संघर्ष गर्दै आएको छ : थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिँदै उनले कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण समेत भएको उल्लेख गरेका हुन्।उनले नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरे।