SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

ग्यास हाहाकार, पेट्रोल आकासियो, बिजुली खपतमा सरकार अनुदार

भवनाथ प्याकुरेल काठमाडौंअपर राहुघाट जलविद्युत् आयोजनाको उत्पादन क्षमता ४८.५ मेगावाट हो। तर, आयोजनाबाट हाल १७.४७ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ। अर्थात् ३१.०३ मेगावाट बराबरको क्षमता उपयोग हुन सकेको छैन। चिमखोला राहुघाट मंगलेको पनि ३५.५ मेगावाट उत्पादन क्षमता हो। तर, १३.०६ मेगावाट मात्र उत्पादन भइरहेको छ। अर्थात् क्षमताभन्दा २२.४४ मेगावाट कम बिजुली उत्पादन भइरहेको छ।