SHARE
अन्नपूर्ण · आइबार​ २४ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

बाघ बढ्दाको जोखिम

बीसौं शताब्दीको सुरुवातमा विश्वभर करिब १ लाखको संख्यामा रहेका बाघ २१औं शताब्दीमा आइपुग्दा घटेर ३२ सयमा झरे। लाखौं बाघ हुँदा मान्छेको जीवन त्राहिमाम थियो, बाघले सयौं मानिसको ज्यान लिन्थ्यो। त्यसैले उतिबेला बाघलाई मानव जीवनका लागि हानिकारक वन्यजन्तुका रूपमा हेरिन्थ्यो र यसको अनियन्त्रित सिकार हुन्थ्यो। राणा र राजाहरू बाघ सिकारका सौखिन थिए। कूटनीतिक सम्बन्ध बलियो बनाउन बेलायतका राजा जर्ज पञ्चमलाई नेपालको चितवनमा बाघ सिकारकै लागि ल्याइएको इतिहास ताजै छ।