SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

१२ परिवारलाई लालपुर्जा पाउनै लाग्यो ३८ वर्ष

डडेलधुरा : सुकुम्वासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेलधुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्वासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।त्यसपछि २०५५ पुस २६ गते पुनः सुकुम्वासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन।