SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

समर्पणको एउटा शिखर

२०८० को दशकमा आइपुग्दा नेपाली राजनीति उथलपुथलको गहिरो मोडमा पुगेको छ। आम नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानजनक बनाउने दायित्व बोकेको राजनीति जब आफैं असुरक्षित, अस्थिर र अविश्वसनीय बन्दै गयो, तब जनताबाट उठेको असन्तोष ‘नो नट अगेन’ जस्ता नारामा रूपान्तरण हुन थाल्यो।वर्तमान समयमा राजनीति आशाको होइन, आशंकाको विषय बनेको छ। नेतृत्व परिवर्तन भए पनि नियत परिवर्तन नभएको अनुभूति आम नागरिकमा गहिरिँदै गएको छ।