SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

फ्रान्समा रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते, २ गम्भीर

फ्रान्समा च्यानल टनेलको प्रवेशद्वारस्थित युरोटनेलको लोडिङ प्लेटफर्ममा मालवाहक रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते भएका छन् ।बिबिसिका उल्लेख गरिए अनुसार सवारीसाधनलाई ‘ले शटल’ मा चढाउने क्रममा दुर्घटना भएको हो । मिनीबसमा शटलमार्फत यात्रा गर्न लागेका भारी मालवाहक सवारीसाधनका चालकहरू सवार रहेको बताइएको छ ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि लिलीस्थित अस्पताल लगिएको छ । दुर्घटनामा मिनीबसका चालक पनि घाइते भएका छन् ।