SHARE
अन्नपूर्ण · शनिबार २३ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

राधेराधेको १७ तले भवनको प्रतिवेदन बनाउन ३४ लाख !

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेस्थित १७ तल्ले अलपत्र अग्लो भवन भएर हिँड्ने दैनिक हजारौंको जिज्ञासा रहने गर्दै आएको छ, वर्षाैंदेखि यत्रो ठूलो अग्लो भवन किन अलपत्र रहेको होला ? बस तथा पैदलबाट यही भवनलाई हेर्दै ओहोरदोहोर गर्ने मानिस १७ तले जीर्ण भवनतिर हेरेर भन्ने गर्छन्– ‘यो भवन कहिले बन्छ होला है ?’यही प्रश्नले अब उत्तर पाउने भएको छ।