पश्चिम तराईमा मानव–वन्यजन्तु द्वन्द्व
धनगढी : घटना १ : कञ्चनपुरको लालझाडी–६ की रोजी साउदको हात्तीको आक्रमणबाट २०८२ कात्तिकमा ज्यान गयो। खेतमा काम गरिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको बथानले रोजीलाई आक्रमण गरेको थियो।यस्तै, २०८२ माघ २५ गते उखुबारीमा काम गरिरहेका लालझाडी–४ का रामदल रानाको पनि हात्तीको बथानको आक्रमणबाट मृत्यु भयो। उखुबारीमा काम गरिरहेका बेला रामदलमाथि हात्तीको बथानले आक्रमण गरेको थियो।
